सर्लाही, २८ भदौ । जिल्लाको हरिवन नगरपालिका–१०, नयाँरोड चोकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार आज बिहान ना८ख ८२६७ नम्बरको ट्रकले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिदा अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।