चुनावी आचारसंहितामा दलीय आपत्ति

काठमाडौँ, २८ भदौ । संविधान र कानुनको परिधिभित्र रहेर मुलुकमा निर्वाचन गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोग प्रचारमुखी बन्दै गएको छ।

संविधानसभाबाट जारी नयाँ व्यवस्थाले नेपालमा सुधारिएको संसदीय शासन व्यवस्थाको परिकल्पना गरे पनि आयोगले त्यसविपरीत प्रधानमन्त्री र मन्त्रीहरूलाई निर्वाचन प्रचारमा जान रोक लगाउँदै निर्वाचन आचारसंहिता जारी गरेको छ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो क्षेत्रबाहेक अन्यत्र प्रचारप्रसार गर्न नपाउने व्यवस्था समेटेर निर्वाचन आयोगले राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित गरेको हो । त्यसप्रति सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका राजनीतिक दलका नेताहरूले विरोध जनाएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट