नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौँ, २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छन् ।

आज काठमाडौँमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उनले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘नेपाली भूमि ज्ञान भूमि हो । यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै कामहरु गर्न बाँकी छ । यो भूमिमा अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई उद्घाटन गर्नुपर्छ । नेपाली समाजका युगौँदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरूलाई संकलन गरी बाहिर ल्याउनुपर्नेछ ।’ ‘नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्याएर प्रमाणित गर्नुपर्छ । साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गर्नुभएको साधकहरूलाई सम्मान गर्न पाउँदा आज गौरवभूत भइरहेको छ । कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्छ भने नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा