ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजारबढी चालकलाई कारबाही

काठमाडौँ, २७ भदौ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४  जना चालकलाई कारबाही गरेको छ । 

काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी २४ घण्टामा ट्राफिकले ३ हजार २३४  जना चालकलाई कारबाही गरेको हो । फुटपाथमा पार्किङ गर्ने २५५, मदिरा पिएर सवारी साधन चलाउने १३०, हर्नको अनावश्यक प्रयोग गर्ने १४७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३०, तीव्र गतिमा सवारी साधन चलाउने १०१ सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ढोका खुल्लै राखेर सवारी चलाउने ९९, अवस्था ठिक नभएका सवारी साधन चलाउने ८५, लेन नियम उल्लङ्घन गर्ने ७९, रातो बत्तीको उल्लङ्घन गर्ने ५९,  क्षमता भन्दा बढी यात्रु राख्ने ३४ तथा अन्य नियम उल्लघंन गर्ने चालकहलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट