पोखरा, २७ भदौ । पोखरामा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गएराती पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेकाे सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई पक्राउ गरेको हाे।
नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुकाेसाथबाट प्रहरीले २ सय ११ पत्ती तास बरामद गरेकाे छ । हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।