श्रमिकलाई पारिश्रमिक दिलाउन समितिको निर्देशन

काठमाडौँ, २७ भदौ । संघीय संसदकाे विकास तथा प्रविधि समितिले आयोजनाको निर्माण कार्यमा खटिएका वास्तविक कामदारहरूलाई पारिश्रमिक दिलाउन लगायत रेलमार्ग र रेल सञ्चालनका लागि ११ बुँदे सुझाव दिएको छ । समितिले भदौ पहिलो साता स्थलगत अध्ययन तथा सरोकारवाला निकायसँग छलफल गरेर रेलमार्गको निर्माण र यसको व्यवस्थापनका लागि सुझाव दिएको हो ।

समितिले जनकपुर जयनगर, जनकपुर कुर्था र बर्दिबास निजगढको स्थलगत भ्रमण गरेको थियो । सोही क्रममा समितिले कुर्था जयनगर रेल यात्रासमेत गरेको थियो । समितिले राष्ट्रिय गौरवको आयोजना रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना रहेको भन्दै यसबाट नामबाट मोनोरेल शब्द तत्काल हटाउन भनेको छ ।

यस अन्तर्गतका कुनै पनि कार्यक्रम समावेश नगर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समितिको बैठकबाट पनि निर्देशन भइसकेको भन्दै यसको कार्यान्वयनका लागि पुन: ध्यानाकर्षण गराइरहेको हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा