सांसद बस्नेतद्वारा पलाँसे–काँक्राबारी सडक स्तरउन्नती तथा कालोपत्रे शिलान्यास

भक्तपुर, २६ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पलाँसे–काँक्राबारी सडक स्तरउन्नती तथा कालोपत्रेको शिलान्यास गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेलमा आयोजित एक कार्यक्रमका बिच उहाँले आज उक्त सडक स्तरउन्नती तथा कालोपत्रेको शिलान्यास गर्नुभएको हो । संघीय सांसदको सिफारिसमा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भएको समयमा विनियोजन गरिएको रणनैतिक सडक अन्तरगत रु दुई करोड ५० लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी उक्त सडकको शिलान्यास नेता बस्नेतले आज एक विशेष कार्यक्रम गरी शिलान्यास गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले पाँच दलीय गठबन्धनको सरकार बनेसँगै देशभर करिव १४ सय सडकहरु निर्माणलाई कटौती गरेता पनि उक्त सडक कटौती नभई निर्माण कार्य अगाडी बढेको बताउनुभयो । सांसदहरुले सिफारिस गरेका कारण उक्त सडक कटौती गर्न नसकेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले निर्माणधिन सडकलाई गरेको बजेट विनियोजनले हिलो पुर्न समेत नपुग्ने रहेको बताउनुभयो ।

संघ तथा प्रदेश सरकारले समेत मुल सडकलाई भन्दा पनि नेताको घर जाने सडकलाई मात्र बजेट विनियोजन गर्ने गरेको भन्दै उहाँले दुर्गम भुभागलाई सुगम बनाउन वर्तमान पाँच दलीय गठबन्धनको प्रदेश तथा संघीय सरकार बाधक बनेको बताउनुभयोे । निर्माण र योजनाका सवालमा कतिपय भ्रमहरु छर्ने गरिएको उल्लेख गर्दै उहाँले कामको गुणस्तरियतालाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । साँगा, काँक्रावारी, ध्याम्पेडाँडालगायतका क्षेत्रहरुलाई विकसित र आधुनिक बनाउनको लागि करिव एक अर्वको रकमको लागतमा सडक निर्माण गर्ने प्रकृया अगाडी बढाइएको जानकारी गराउँदै उहाँले आफ्नो पहलमा योजना अगाडी बढेता पनि भक्तपुरको बजेट काट्न गठबन्धन हातधोएर लागिपरिरहेको सूचना आएको जानकारी गराउनुभयो । कार्यक्रममा एमालेको जिल्ला कमिटी सदस्य तथा समाजसेवी किरण थापा तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा