लागु औषधसहित दुईजना पक्राउ

काठमाडौँ, २६ भदौ । काठमाडौँको जडिबुटीबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

२ हजार १३ एम्पुल लागु औषधसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–८ घर भएका २९ वर्षीय दिपेन्द्र सरदार र कञ्चनपुर नगरपालिका–९ घर भएका २३ वर्षीय सुरज सरदार छन् ।

प्रहरी वृत कोटेश्वरका प्रहरी नायव निरिक्षक ओमकार चन्द नेतृत्वको टोलीले आरोपीहरुको साथबाट फेनारगन ७४६ एम्पुल, डाइजेपाम ६७३ एम्पुल र बु्र्रप्रेनोर्फिन इन्जेक्सन ५९४ एम्पुल बरामद गरेको छ । भदौ २४ मा राति काठमाडौँ–३२ जडिबुटीबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अरोपीहरुबारे प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने