लागु औषधसहित दुईजना पक्राउ

काठमाडौँ, २६ भदौ । काठमाडौँको जडिबुटीबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

२ हजार १३ एम्पुल लागु औषधसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–८ घर भएका २९ वर्षीय दिपेन्द्र सरदार र कञ्चनपुर नगरपालिका–९ घर भएका २३ वर्षीय सुरज सरदार छन् ।

प्रहरी वृत कोटेश्वरका प्रहरी नायव निरिक्षक ओमकार चन्द नेतृत्वको टोलीले आरोपीहरुको साथबाट फेनारगन ७४६ एम्पुल, डाइजेपाम ६७३ एम्पुल र बु्र्रप्रेनोर्फिन इन्जेक्सन ५९४ एम्पुल बरामद गरेको छ । भदौ २४ मा राति काठमाडौँ–३२ जडिबुटीबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अरोपीहरुबारे प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा