ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

दमौली, २६ भदौ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

श्रेष्ठलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेका श्रेष्ठविरुद्ध शुक्रबार तनहुँ अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को समन्वयमा निजलाई गैडाकोट नगरपालिका–२ स्थित राजमार्गमा बा प्र ०३–००१ ह १५६८ नंको टेम्पो चलाइ हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । 

विसं २०६० साउन १८ गते भानु नगरपालिका–६ बस्ने ५५ वर्षीय चाउरे श्रेष्ठलाई घातक हतियार कोदालो प्रयोग गरी प्रतिवादीले घाइते बनाएका थिए । घाइते श्रेष्ठको उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । घटनापश्चात प्रतिवादी फरार रही लुकीछिपी बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार