पूर्वाधारमा लगानी गर्ने वातावरण बनाउने मन्त्री कार्कीको दाबी

काठमाडौँ, २६ भदौ । वीपी कोइरालाले देखेको सपनाअनुसार सबै नागरिकले महसुस गर्ने गरी पूर्वाधार निर्माण हुनुपर्ने सञ्चार सूचना तथा प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

चौथो नेपाल पूर्वाधार सम्मेलनको समापनमा सम्बोधन गर्दै कार्कीले दश वर्षमा समृद्ध नेपाल बनाउने गरी काम गर्नुपर्ने बताए । उनले २०१५ सालमा वीपी कोइरालाले देखेको सपनाअनुसार सबै नागरिकले महसुस गर्ने गरी पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिए ।

संघीयतापछि दोस्रो पटक निर्वाचन सम्पन्न भएर तीनै तहका सरकार निर्वाचित भएसँगै राजनीतिक समस्या समाधान हुने र आगामी निर्वाचनबाट आउने सरकारको प्राथामिकता आर्थिक विकासमा पर्ने मन्त्री कार्कीको भनाइ छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने