समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न

पोखरा, २६ भदौ । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न भएको छ ।

शनिबार पोखराको चाउथे स्थित होम्स होटलमा सम्पन्न भेलाले भीमबहादुर मगरातीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा विराट पौडेल, हिरा मल्ल, श्याम पोखरेल, शिला परियार, मिठु परियार र सचिवमा रामजुलुम शर्मा, सहसचिवमा मनिसा परियार, कोषाध्यक्षमा हनु कुँवर र सह–कोषाध्यक्षमा शर्मिला मगरातीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा कुमार श्रेष्ठ, कुमार गुरुङ, मानबहादुर परियार, विरोध पौडेल, भुवन भट्टराई, राधिका धौलाकोटी, प्रेम लामा, वीरबहादुर परियार, गोपी परियार, रुपकुमार तामाङ, गोपाल परियार र रेशमबहादुर गुरुङ रहेका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका विशेष अतिथिहरुमा राजनीतिक समिति सदस्यहरु धनप्रसाद तामाङ, निर्मल जिसी, पार्टीका केन्द्रीय सदस्य तथा ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल रहेका थिए भने अतिथिहरुमा पार्टीका केन्द्रीय सदस्यहरु श्याममाया पुन, उमा गुरुङ, महासंघका उपाध्यक्षहरु प्रेम भुजेल, शुरेश मोक्तान, पूर्णबहादुर मोक्तान लगायतका मजदुर नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार