राष्ट्रपतिको राजिनामा माग्ने ‘राष्ट्रघाती’ प्रचण्डको मखुण्डो जनताले उतार्नेछन्ः नेता बस्नेत

भक्तपुर, २५ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय गरेका राष्ट्रघाती कदमहरुको छताछुल्ल भई जनताले निर्वाचनको माध्यमबाट हिसाव किताब गर्ने चेतावनी दिनुभएको छ ।

मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालद्वारा मध्यपुरमा शुक्रवार आयोजित सकारात्मक सोच विषयक उत्प्रेरणात्मक कार्यक्रम तथा नेतृत्व विकास तालिमको समापन कार्यक्रममा बोल्दै नेता बस्नेतले पाँच दलीय गठबन्धनको नाममा अध्यक्ष प्रचण्डले नागरिकता विधेयक, एमसीसी, एसपीपी लगायतका कुराहरुमा राष्ट्रघाती कामहरु गरेको भन्दै आक्रोस जनाउनुभयो । नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ बुँदा सहित विचार गर्न पुनः संसदमा नै पठाउनुभएको र गठबन्धनको बहुमतका आडमा नेपाली महिला तथा राष्ट्रियता नै खतरामा पर्ने कुरालाई नजरअन्दाज गर्दै राष्ट्रपति विधेयक प्रमाणीकरण नगरे राजिनामा माग्नु प्रचण्डको ऐतिहासिक भुल भएको बताउनुभयो । वर्तमान गठबन्धन सरकार भ्रष्टाचार र अनियमिततामा चुलुम्म डुवेको तथ्य प्रस्तुत गर्दै नेता बस्नेतले आगामी निर्वाचनमा भ्रष्टाचार तथा राष्ट्रघाती कार्यगर्नेहरुको जनताले मखुण्डो उतार्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार र अनियमिततामा बाघदेखी विरालोसम्म मिलेको छ । माथि गठबन्धन बनाएर विभिन्न प्रकारका राष्ट्रघाती कदम, नागरिकता विधेयक, व्याख्यात्मक घोषणा सहित एमसीसी पास, एसपीसीमा संलग्नतालगायतका असंख्य नेपालको हित विपरित गतिविधिहरु भइरहेका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजिनामा दिनुपर्छ भन्दै माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिनुभएको भन्ने सुन्न आएको छ । राष्ट्रपति ज्युले वैवाहिक अंगिकृत प्राप्त गर्ने चेलिहरुको हकमा कमसे कम एउटा अवधि तोकिदिनुस्, त्यो कुरालाई विचार गरिदिनुस् भन्नुभएको हो । आफ्ना छोरोछोरीहरुलाई बुवाको ठेगान नभएको खण्डमा आमाले स्वघोषणा गरी महिलालाई अपमान हुने प्रकारको महिलाको इज्जत र अस्मितासँग जोडिएको शब्दलाई सच्याइदिनुस् भन्ने लगायतका ८ वटा बुँदाहरु राखेर फिर्ता पठाएको विधेयक जस्ताको त्यस्तै पठाएर गठबन्धनले राष्ट्रपति माथि गंभिर अपमान गरेको छ । सम्पूर्ण नेपाली महिलाहरुको अपमान भएको छ ।’

वर्तमान निर्वाचित मध्यपुर थिमी नगरपालिका महिलाको हितको लागि काम गर्ने पक्षमा नरहेको उल्लेख गर्दै उहाँले मध्यपुर थिमी नगरपालिका तथा गठबन्धनका दलहरुले १८ वर्षदेखी अलपत्र परिरहेको कमेरोटार परियोजनामा भएको अनियमितता र भ्रष्टाचारलाई बढावा दिने गरी नगरपालिकाका जनप्रतिनिधि लागि परेको सूचना आफुलाई प्राप्त भएको जानकारी दिनुभयो । गठबन्धन दलका नेता तथा कार्यकर्ताले उक्त परियोजनामा गरेको गडबढीलाई संरक्षण गर्दै तत्तकालिन समयमा ७०/८० करोडभन्दा बढी घोटला भएको साथै क्षतीपूर्ति दिने बहानामा ३०/४० करोड बाँढिएको उल्लेख गर्दै नेता बस्नेतले बालुवाटार प्रकरणभन्दा ठूलो प्रकरण कमेरोटार परियोजना रहेको स्पष्ट पार्नुभयो ।

एमालेको नेतृत्वमा बनेको दिव्येश्वरी प्लानिङ काठमाडौँदेखीका मानिसहरुले मर्निङ वाक गर्न आउने नेपालकै नमुना प्लानिङ बनेको उल्लेख गर्दै उहाँले नगरपालिकाको कार्यमा निर्वाजित प्रदेश तथा संघका सांसदलाई प्रवेश नगराई कांग्रेस तथा माओवादीका नेताहरुलाई जम्मा गरी आर्थिक अनियमितता र गडबढी गर्ने कार्य भइरहेको भन्दै आक्रोस जनाउनुभयो । सडक, ढल, खानेपानी, विद्यालय, अस्पताल, स्मार्ट सिटी, ल्याण्ड पुलिङ, रंगशाला, कवोर्डहल, प्राणी उद्यान केन्द्र, मनोहरा, हनुमन्ते करिडोर, सम्पदालगायतका कुराहरुमा मध्यपुरमा भौतिक संरचनाहरुको निर्माण ऐतिहासिक कार्य एमालेको नेतृत्वले गरेको उहाँले बताउनुभयो ।

विकास निर्माणको काम गर्दा कुनै व्यक्तिको सम्पत्ति सम्बन्धी मौलिक अधिकारलाई हनन् हुन नदिई व्यक्तिको घरलाई क्षती हुन नदिई सावधानिका साथ काम गरिएको स्मरण गराउँदै सांसद बस्नेतले मानिसले जीवनभरको कमाई घर निर्माणमा लगाएकाले उक्त कुरालाई नेतृत्वकर्ताले बहादुरी देखाउनेभन्दा पनि सम्यमित भई जनमुखी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘मध्यपुरले पनि सूचना निकालेको जानकारी आएको छ । काम गर्नलाई कि नाटक गर्नलाई निकालेको ? यस्ता जनविरोधी गतिविधिहरु बन्द गर्नुस् । बालेन साहको नक्कल गरेर महेश बस्नेतको विरुद्धमा लाग्दा हिरो हुन्छु भन्ने सोच्नुभएको छ भने तपाई हिरो हैन, जिरो बन्नुहुन्छ । एमालेले गरेको विकासलाई मैले गरेको भनेर झुटा प्रचार गरे जस्तो सजिलो छैन । जनतालाई दुधको दुध, पानीको पानी थाहा छ ।’

नेकपा एमालेको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यता तथा पुरुषेत्तम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजा, अखिल नेपाल महिला संघ भक्तपुरको अध्यक्ष तथा पूर्व एलाइन्सको अध्यक्ष उत्तरा नेपाललगायतले सुभकामना मन्तव्य राख्नुभयो । त्यस्तै कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोम मिश्र, अनुसाशन आयोगको सदस्य विना बाँस्तोला, महिला नेतृ सर्मिला कार्की, नवराज गेलाललगायतको सहभागिता रहेकोको थियो । उक्त तालिम साउन २३ गतेदखी भदौ २३ गतेसम्म सञ्चालन गरिएको थियो । जसमा १ सय ९१ जनाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा