काठमाडौँ, २५ भदौ । थप १६३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९८ हजार ६५४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४३० जना रहेका छन ।
मन्त्रालयका अनुसार १३० आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८४ हजार २१२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १२ जना रहेको मन्त्रालयले जनाएको छ ।