पार्टी खोल्नु नाङ्लोमा पसल राख्नु जस्तो होइन: नेता सिंह

काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुनै पनि पार्टी खोल्नु नाङ्लोमा पसल राख्नु जस्तो सजिलो नभएको बताउनुभएको छ ।

आज बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताउनुभयो । रवीन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नेले देश विकास गर्न नसक्ने उहाँले बताउनुभयो ।

वि।सं। २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी बन्नुभएको थियो । सिंहले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । देश विकास गर्न पुराना पार्टी काँग्रेस र कम्युनिष्ट पार्टीहरूलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरुले कुनै काम गर्न नसक्ने जिकिर गर्दै उहाँले परिवर्तन गर्छु भनेर आएका दलहरु अहिले कहाँ छन् ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ