औपचारिकतामै सीमित कांग्रेस अभियान

काठमाडौँ, २५ भदौ ।  मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि सञ्चालन गरेको १५ दिने अभियान शुक्रबार सम्पन्न भएको छ ।

जनतालाई आफ्ना कुरा सुनाउने र जनताका कुरा सुन्ने भन्दै सुरु गरिएको अभियान औपचारिकतामै सीमित बन्न पुगेको छ । नेताहरूको ध्यान जनताको कुरा सुन्नेभन्दा पनि निर्वाचनमा कसरी उम्मेदवार बन्ने भन्नेतिर केन्द्रित हुँदा कांग्रेस अभियान औपचारिकतामै सीमित बन्न पुगेको हो । पार्टीका कार्यक्रम र अजेन्डा लिएर जनतामाझ जानुपर्ने कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरू यसबीचको अधिकांश समय केन्द्रीय कार्यालयको निर्देशनअनुसार प्रदेश र प्रतिनिधिसभामा आआफ्ना जिल्ला र क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकको नाम सिफारिसमै केन्द्रित बने ।

आ-आफ्ना तहबाट नाम सिफारिस भएपछि जिल्ला तहका धैरैजसो नेताहरू केन्द्रीय नेता मिलाउन काठमाडौंमा सक्रिय छन् । जिल्ला तहका प्रभावशाली नेता राजधानीमै केन्द्रित भएपछि धादिङ कांग्रेससहित कतिपय जिल्ला र क्षेत्रीय समितिले अभियानको समापन कार्यक्रम पनि काठमाडौंमै गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसका नेता सुनिल शर्माले एकताका नाममा कसैले पनि कारबाही गरे अस्वीकार्य हुने बताएका छन् । उनले

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन

काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका