औपचारिकतामै सीमित कांग्रेस अभियान

काठमाडौँ, २५ भदौ ।  मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि सञ्चालन गरेको १५ दिने अभियान शुक्रबार सम्पन्न भएको छ ।

जनतालाई आफ्ना कुरा सुनाउने र जनताका कुरा सुन्ने भन्दै सुरु गरिएको अभियान औपचारिकतामै सीमित बन्न पुगेको छ । नेताहरूको ध्यान जनताको कुरा सुन्नेभन्दा पनि निर्वाचनमा कसरी उम्मेदवार बन्ने भन्नेतिर केन्द्रित हुँदा कांग्रेस अभियान औपचारिकतामै सीमित बन्न पुगेको हो । पार्टीका कार्यक्रम र अजेन्डा लिएर जनतामाझ जानुपर्ने कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरू यसबीचको अधिकांश समय केन्द्रीय कार्यालयको निर्देशनअनुसार प्रदेश र प्रतिनिधिसभामा आआफ्ना जिल्ला र क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकको नाम सिफारिसमै केन्द्रित बने ।

आ-आफ्ना तहबाट नाम सिफारिस भएपछि जिल्ला तहका धैरैजसो नेताहरू केन्द्रीय नेता मिलाउन काठमाडौंमा सक्रिय छन् । जिल्ला तहका प्रभावशाली नेता राजधानीमै केन्द्रित भएपछि धादिङ कांग्रेससहित कतिपय जिल्ला र क्षेत्रीय समितिले अभियानको समापन कार्यक्रम पनि काठमाडौंमै गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार