नेता सिंहद्वारा निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकारसँग माग

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । 

आज काठमाडौँमा भएको मंगलादेवी सिंहको २७ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै नेता सिंहले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिए ।

उनले भन, “निर्वाचन निष्पक्ष हुनुपर्‍यो । धाँधलीरहीत गराउनको लागि ग्यारेन्टी गराउनतर्फ सरकार लाग्नुपर्छ । दलहरूले पनि त्यही भावनाअनुसार अघि बढ्नुपर्छ, “नयाँ सरकार आएपछि हामीले गर्ने भनेको संविधानले दिएका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, आम नेपाली जनताले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा नेपाली कांग्रेसले विशेष ध्यान दिनुपर्छ ।”

उनले नयाँ संविधानको भावना र मर्मअनुसार आवश्यक कानुन निर्माण गर्न नसक्दा अहिले प्रदेश सरकारले केन्द्र सरकारको विरोध गरिरहेको बताए । 

“नयाँ संविधानलाई कार्यान्वयन गर्ने समयमा आदेश कम्युनिस्टहरूले पाएको कारण कम्युनिस्टहरूले नयाँ संविधानको भावना र मर्मअनुसार आवश्यक कानुन निर्माण गर्न सकेनन्,” सिंहले भने, “संघीय कानुन, समयमा नबनाइदिएको कारणले संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महशुस गर्ने गरेर काम गर्नुपर्नेमा ठाउँमा संसद्लाई दुई दुई पटक भंग गरेको कारणले संघीयतालाई जोगाउन अहिलेको अवस्थामा गइरहेको छौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १५ फागुन । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् । यो

काठमाडौँ, १५ फागुन । उज्बेकिस्तानको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा २३ जनालाई जेल

एजेन्सी, १४ फागुन । अमेरिकाको वासिङ्टन डिसी स्थित इजरायली दूतावास अगाडि एक व्यक्तिले आत्मदाह गरेका छन् । यो घटना आइतबार

गाजा, १३ फागुन । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले