फाइजर खोप ५ वर्षसम्मका बालबालिकालाई ७३ प्रतिशत प्रभावकारी

एजेन्सी, १० भदौ । फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाका लागि पनि प्रभावकारी भएको पाइएको छ । फाइजर आफैँले गरेको अध्ययनबाट ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकामा ७३ प्रतिशत प्रभावकारी रहेको पाइएको हो ।

यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले आपत्कालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो ।

अध्ययनले खोप प्रभावकारी देखिएपछि बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सुझाव समेत दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । स्वास्थ्य अधिकारीहरूले आपत्कालीन अवस्थामा मात्रै पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई खोप लगाउन सुझाव दिने गरे पनि अब भने यो खोप सबैलाई नियमित रुपमा लगाउन फाइदाजनक नै हुने देखाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले

काठमाडौँ, १५ फागुन । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको

काठमाडौँ, १५ फागुन । आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । शृंखलामा

काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित