उपत्यकामा एकैदिन तीन हजार सवारी चालकमाथि कारवाही

काठमाडौँ, ९ भदौ । काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार १९६ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा १९७ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकहरू रहेका छन् । लेन अनुशासन पालना नगर्ने ७०, रेड लाइटमा सवारी साधन चलाउने ६३, निषेधित क्षेत्रमा हर्न बजाउने १९९, नम्बर प्लेट राम्रोसँग नराख्ने २२ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ हजार ६५५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।