पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै निगमविरुद्ध उजुरी

काठमाडौँ, ३ भदौ । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले निवेदन दिएका हुन् । निगमले बेइमानी कपटपूर्ण व्यवहार गरी उपभोक्ता ठग्ने काम गरेको भन्दै मञ्चले तत्काल समितिले पहल कदम लिइ मूल्य घटाइ नागरिकलाई राहत दिलाउनु पर्ने पनि निवेदनमा उल्लेख छ ।

मञ्चले भनेको छ, ‘अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य ३ महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत विगत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ । तर पनि नेपाल आयल निगमले विभिन्न बहानामा मूल्य घटाएको छैन । मूल्य बढ्दा स्वचालित मूल्य प्रणाली भन्दै मूल्य बढाउने तर अन्तर्राष्ट्रिय मूल्य घट्दा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १६ फागुन । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन्

काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ

काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति