दक्षिण कोरिया पठाईदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, ३ भदौ । दक्षिण कोरिया पठाइदिन्छु भन्दै नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ मुक्पाटर घर भई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भु बस्ने ४० वर्षीय पुरुषलाई दक्षिण कोरियामा प्रतिष्ठित होटलमा मासिक २ लाख ५० हजार रुपैयाँ तलव पाउने गरी काम लगाइ दिने र यसका लागि नगद १० लाख रुपैयाँ लाग्छ भनि प्रलोभनमा पारी नगद ७ लाख ५० हजार रुपैयाँ लिई फरार रहेका काठमाडौं महानगरपालिका-६ सितापाइला बस्ने झापा अर्जुनधारा नगरपालिका-८ घर भएका ३४ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ मिनभवनबाट पक्राउ गरेको हो । उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।                    

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ फिल्म ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै

काठमाडौँ, २ बैशाख । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले देशैभर आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार फिल्मले

काठमाडौँ, २ बैशाख । फिल्म ‘द रेड सुट्केस’ पछिल्लो समय बलियो ‘वर्ड अफ माउथ’ पाउने फिल्म बनेको छ । नयाँ

मुम्बई, २ बैशाख । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आज बिहान ५ बजे मोटरसाइकलमा