संसदमा काँग्रेस सांसदकै ब्यङ्ग्य : विज्ञापन नै खोलीदिँउ, आउनेजति सबैले नागरिकता पाउन्

काठमाडौँ, २ भदौ । नेपाली काँग्रेसकी सांसद पार्वती डिसी चौधरीले आफ्नो अन्तरआत्माले नागरिकता विधेयक पास गर्न नचाहे पनि पार्टीमा आवद्ध भएकाले बाध्यतामा रहेको बताएकी छिन् ।  राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि बिहीबार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा सहभागी हुँदै उनले विधेयक फिर्ता गरेर राष्ट्रपतिले सहि काम गरेको बताइन् । 

यस्तो छ सांसद चौधरीको भनाई  
नागरिकता ऐन संसोधन गर्न ७ वर्ष ढिला भयो भनिएको छ, यो कसको कारणले ढिला भयो त ? आज ७ लाख मानिसले नागरिकता पाइरहेका छैनन्, जन्म सिद्धको आधारमा जस जसका आमाबुवा नेपालको नागरिक बन्नुभएको छ, उहाँका सन्तानले नागरिकता पाउनुपर्छ ७ बर्षसम्म ढिलाई किन भयो ? कसको कारणले भयो ? तिनीहरुलाई त्यसको क्षतिपूर्ति दिने कि नदिने ? 

नेपालीसँग बिहे गरेर आउने महिलालाई आउने वित्तिकै नागरिकता दिने भन्ने जुन कुरा छ, त्यो चाँही सोच्नै पर्छ । किनभने हाम्रो जस्तो सानो मुलुक दिँदै गयौँ भने के हुन्छ । जो आएपनि दिँदै गए हुन्छ रे ? किन नदिने रे ? त्यसो भए विज्ञापन खोलिदिउँ न आउने जति सबैले नागरिकता पाउँन । त्यसकारण विज्ञापन खोलिदिउँ सबैले आ–आफ्नो भर्नुहुन्छ सबैले पाउन् ।  

त्यसकारण यो सानो मुलुकभन्दा ठूलो मेरो पार्टीपनि हैन, म पनि हैन । त्यसकारण यहाँ हामी धेरै सांसदलाई लागेको छ, तर पार्टीको बन्धनले उहाँहरुले बोल्न सकिरहनुभएको छैन, पार्टीभन्दा माथि उठेर बोल्नुस्, मुलुकका लागि बोल्नुस् भन्न चाहन्छु । राष्ट्रपतिले विधेयक फिर्ता पठाउनुभएको ठीक छ, उहाँको सम्मान गर्नुपर्छ । यसरी अपमान गर्यौँ भने एक आपसमा लडाईँ गर्यौँ भने विदेशीको चलखेल त भइहाल्छ । विधेयक पास गर्ने बेलामा हुने हुन्छ र हुन्नमा त एउटा पार्टीको सांसद भएकोले हुन्छ भन्नै पर्छ तर मेरो भावना त्यस्तो छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा