जनताले छिटो न्याय पाउने कुरामा समस्या छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा ऐन, नियम, कानुन र अदालतको संख्या पर्याप्त भएर मात्र जनताले शीघ्र न्याय पाउने भन्ने कुराको ग्यारेन्टी गर्न नसकिने बताउनुभएको छ ।

मुलुकी संहिता दिवस, २०७९ को अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले यसका लागि अदालत र न्यायाधीश सक्षम, स्वतन्त्र र निष्पक्ष हुनुका साथै न्यायाधीश, वकिल, कानुन व्यवसायी सबैमा सकारात्मक सोच र उच्च नैतिकता हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मुलुकी संहिताहरूको निष्पक्ष र प्रभावकारी कार्यान्वयन गरी आमजनतालाई सरल र छिटो छरितो रूपमा न्याय प्रदान गर्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उल्लेख गर्दै उहाँले अदालतलाई सबै किसिमका दबाब, प्रभाव र विकृतिबाट मुक्त राख्दै स्वतन्त्र रूपमा न्याय सम्पादन गर्नसक्ने वातावरण निर्माण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको जानकारी गराएका

काठमाडौँ, १५ फागुन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई विना धितो ५ लाख भन्दा बढी ऋण नदिन निर्देशन गरेको

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराती कहिले आफ्नै कार्यकक्षमा पोछा लगाएको तस्बिर सार्वजनिक गरेर भारइल हुन्छन्, कहिले जथाभावी बोलेर

काठमाडौँ, १५ फागुन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७/७८ को नीति तथा कार्यक्रममा घोषणा गरेको थियो– भूगोल