९ अर्ब बराबरको हातहतियार भित्रियो

काठमाडौँ, २ भदौ । नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँ बराबरको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका हुन् ।

भन्सार विभागका अनुसार २०७६ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा विभिन्न देशबाट नेपालले ८ अर्ब ९३ करोड ४३ लाख ९६ हजार रुपैयाँको हातहतियार खरिद गरेको देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९८ करोड १७ लाख ७८ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ३७ करोड ३८ लाख २८ हजार रुपैयाँ र २०७७/७८ मा ४ करोड ५७ करोड ८७ लाख ९० हजार रुपैयाँको हातहतियार नेपालले आयात गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर । स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित

भक्तपुर, २२ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरको विकास र समृद्धिको सारथीको रुपमा नेप्सेम्याक सेवा प्रा.लि. र

काठमाडौँ, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव

काठमाडौँ, २२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज