आजको मौसम

काठमाडौँ, १ भदौ । आज देशभर सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १ र वाग्मती प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज प्रदेश १ मा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र वाग्मती प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । 

अहिले प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । काठमाडौँबाट कौडा खेल्ने/खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहर बनेको छ । वायु स्वच्छता मापन गर्ने आईक्यू एअरका अनुसार यो समाचार

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५