स्रोत नखुलेको २६ लाख र सुनसहित दुईजना पक्राउ

सर्लाही, ३१ साउन । सर्लाहीमा स्रोत नखुलेको २६ लाख रुपैयाँ र सुनसहित दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा स्रोत नखुलेको नगद ३६ लाख र २३३ ग्राम २८० मिलिग्राम तौलबराबरको सुनको सिक्री एकथान र ब्रासलेट एकथानसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा डोटीको शिखर नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ३१ वर्षीय विशाल खत्री छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।