सुकीलाई थप ६ वर्ष जेल सजाय

एजेन्सी, ३१ साउन । सेना शासित म्यानमारको अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ ।

७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लङ्घनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९० वर्षको जेल सजाय तोकिएको छ ।

आङ सान सुकीले आरोपलाई बेतुक भन्दै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । उनीमाथि स्वास्थ्य र शिक्षा प्रवर्द्धन गर्ने संस्था डाउ खिन की फाउन्डेसनको कोषको दुरुपयोगदेखि सरकारी स्वामित्वको जग्गा सहुलियत दरमा भाडामा दिएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  प्रहरीका अनुसार हिजो साँझ रुकुम

काठमाडौँ, ४ फागुन । आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा

काठमाडौँ, ४ फागुन । आज २०८१ साल फागुन ४ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। आम्दानीका क्षेत्रमा फाइदा