रेमिट्यान्ससँगै १४ सय ७९ शव

काठमाडौँ, ३० साउन । गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीबाट ९ खर्ब ८६ अर्ब रेमिट्यान्स भित्रिँदा १ हजार ४७९ नेपालीले विदेशी भूमिमा काम गर्दा गर्दै ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वैदेशिक राजगारीको सिलसिलामा ४७ महिलासहित १ हजार ४७९ नेपाली श्रमिकको मृत्यु भएको हो । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अघिल्ला आर्थिक वर्षहरुको तुलनामा गत आर्थिक वर्षमा मृत्यु हुने नेपालीको संख्या बढेको बताए ।

सरकारले श्रमस्वीकृति लिएर रोजगारीका क्रममा मृत्यु हुने श्रमिकका हकवालालाई ७ लाख रुपैयाँका दरले आर्थिक सहयता दिने गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले

काठमाडौँ, १५ फागुन । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको

काठमाडौँ, १५ फागुन । आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । शृंखलामा

काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित