विद्युत उत्पादनमा स्वदेशीलाई प्राथमिकता दिन माग

काठमाडौँ, ३० साउन । स्वदेशी पूँजी विदेशिन नदिनका लागि विद्युत उत्पादनमा स्वदेशी कम्पनीहरूलाई नै प्राथमिकता दिन विज्ञहरूले माग गरेका छन् ।

नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका तथा प्रस्तावित विद्युत विधेयक विषयक अन्तक्र्रिया कार्यक्रममा विज्ञहरूले स्वदेशी पूँजी विदेश पलायन हुन नदिन विद्युत उत्पादनमा स्वदेशी कम्पनीहरूलाई प्राथमिकता दिन सुझाव दिएका हुन् ।

विद्युत उत्पादनमा सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण तय गर्न समेत सरोकारवालाहरूको सुझाव छ । लामो समयसम्म विद्युत विधेयक तह हुन नसक्दा समयानुकूल विद्युत उत्पादन गर्न नसकिने र निजी क्षेत्रको लागि स्पष्ट ऐनको व्यवस्था नहुने उनीहरूको भनाइ छ । सरकारले जलविद्युतमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहनमैत्री वातावरण तय गरिदिनुपर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित