काठमाडौँ, २५ साउन । निर्वाचन आयोगले यहि मंसिर ४ गते सोमबार हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि कार्यतालिका स्वीकृति गरी सोहीअनुसार तयारी अघि बढाएको छ ।
आयोगले दल दर्ताको कामसँगै कार्यतालिका स्वीकृत गरी तयारी अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । आयोगले आइतबार निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न आह्वान गरेको थियो । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकाले त्यसको लागि भदौ २५ गते लेखि पठाउने आयोगले जनाएको छ ।
आयोगका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाई सुरु गरिनेछ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।