निर्वाचन आयोगमा एमालेसहित १० दल दर्ता

काठमाडौँ, २४ साउन । आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म १० दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार मंगलबार अपराह्न १२ बजेसम्म १० दल दर्ता भएका हुन् । दशौँ नम्बरमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आयोगमा दर्ता गराइएको छ । यसअघि, पहिलो दलका रूपमा जनमत पार्टी दर्ता भएको थियो ।

यस्तै हालसम्म मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल दर्ता भएका छन् ।

राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी र राष्ट्रिय नागरिक पार्टी दर्ता पनि भएका छन् । हरेक निर्वाचनअघि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै