गरगहना र नगद लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौँ, २२ साउन । गरगहना र नगद लुटपाट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजु सडकमा हिडिरहेकी एक महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा रामेछापको उमाकुण्ड गाउँपालिका-३ घर भई हाल टोखा-३ बस्‍दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका-३ बस्ने १९ वर्षीय अमिर महर्जनलाई पक्राउ गरेको ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले साउन २० गते मनमैजु र बानियाँटारबाट पनि लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले खुकुरी १ थान, मोबाइल २ थान, लागूऔषध गाँजाको धुलो ५५१ ग्राम, बा ६३ प ९४६५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई कानुनी कारबाहीको लागि प्रहरी वृत बालाजु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । भारतले थप तीन महिनाका लागि ५४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक डाकेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच