प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौँ, २० साउन । निर्वाचन आयोगले ४ मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ता हुन आह्वान गरेको छ ।

आयोगले एक सार्वजनिक सूचना निकालेर ३१ साउनभित्र दर्ता हुन आह्वान गरेको हो । आयोगले दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ ।

आयोगले केन्द्रीय र प्रदेश स्तरको समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख हुनुपर्ने भनेको छ । यस्तै दल दर्ताका लागि प्रतिनिधिसभाको छुट्टै अनि प्रदेशसभाका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021