निर्वाचनमा तालमेल गर्ने निर्णय संविधानविपरित : नेता रावल

काठमाडौँ, २० साउन । नेकपा (एमाले)का नेता डा. भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको बताएका छन् ।

आज रिपोटर्स क्लव नेपालले काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने र अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनै पनि कुरा नमिल्ने र गठबन्धन गरे संविधानविपरित हुने बताएका हुन् ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले संविधानविपरित तालमेलको नाममा लोकप्रिय मत मागेको उनले बताए । रावलले आम निर्वाचन सरकार र आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा गराउनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021