न्युयोर्क, १७ साउन । अमेरिकाले युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ ।
अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ।
५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारूद समावेश छ । त्यस्तै, तोपखानाका लागि गोला बारु सहयोग पनि प्याकेजमा उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारीलाई दिए।
सहयोगमा १५५ एमएम आर्टिलरी गोलाबारुदका ७५ हजार राउन्डहरू पनि समावेश छन् ।






