भूमाफियाको धन्दा, पहिले बालुवा बेचेर पछि खोलै बिक्री

काठमाडौँ, १६ साउन ।  काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० की सरिताकुमारी श्रेष्ठको बाल्यकाल चखुँचाखोला आसपासमै बित्यो । बर्खायाममा खोलाको सतह बढे पनि पानी पर्ने क्रम घट्दै गएपछि चखुँचाको पानीमा पौडी खेल्नेदेखि घरायसी प्रयोजनका लागि पनि प्रयोग गरिन्थ्यो । 

तर, तीन दशकमै धेरै कुरा फेरियो । बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ का असार–साउनमा धान रोपाइँ गर्दा हरियाली र मङ्सिरमा सुनौलो हुने फाँट अहिले कङ्क्रिटको सहरमा परिणत भएको छ । बाह्रैमास पानी आउने धाराहिटीको नामोनिसान छैन । उनी भन्छन्, “बस्ती विस्तार हुँदै गर्दा सबै प्राकृतिक सम्पदा मासिँदै गए । हुँदा–हुँदा अहिले यज्ञमति र चखुँचाखोलालाई अन्डरग्राउन्ड ह्युमपाइपमा हालेर त्यसको अस्तित्व नै कथाजस्तो लाग्ने अवस्था आएको छ ।”

खोलाकै जग्गा नम्बर

बूढानीलकण्ठको जगडोलबाट सुरु भई धोबीखोलामा मिसिने चखुँचाखोला यसरी नामेट होला भन्ने श्रेष्ठलाई लागेको थिएन । बाल्यकाल बिताएको तत्कालीन कपन गाविस र हालको बूढानीलकण्ठ–१० मै उहाँको घर छ । घरअगाडि काठमाडौँ महानगरपालिका–७ पर्छ ।  यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्