दमौलीमा डेङ्गुका सात बिरामी भेटिए

तनहुँ, १३ साउन । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सातजनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । 

पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा. राजु रानाले जानकारी दिए । उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनियालगायतका बिरामी अत्यधिक आउने गरेका छन् । 

बिहीबार इमर्जेन्सीमा चार र ओपीडीमा तीनजनामा डेङ्गुको लक्षण भेटिएको रानाले जानकारी दिए । एकसय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेङ्गुका मुख्य लक्षण हुन् । उनले भने, “बिरामीको अवस्था गम्भीर देखिएमात्रै अन्यत्र अस्पतालमा रिफर गरिनेछ ।” 

रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचका लागि पोखरा वा काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको रानाले बताए । लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने गरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ । झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ

काठमाडौँ, १ भदौ । अभिनेत्री परमिता आरएल राणाले बलिउड मिडिया तथा एजेन्सी पिंकभिल्लासँग सहकार्य गर्ने भएकी छन् । उनले मंगलबार

काठमाडौँ, १ भदौ । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर

काठमाडौँ, ३१ साउन । नेपाली कथानक चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा दर्शकले हेर्न पाउने भएका छन् । अमेरिका, युके, जापान,

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021