काठमाडौँ, १३ साउन । आजबाट देशभरका हलमा फिल्म ‘पानीफोटो’ प्रदर्शनमा आएको छ ।
तत्कालीन सरकार–माओवादी द्वन्द्वका क्रममा हराएको छोरो फर्किने आसमा १७ वर्षदेखि बसेको एक दम्पतीको कथा हो ‘पानीफोटो’ ।
खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको फिल्ममा अनुप बराल, मेनुका प्रधान, मल्लिका महत, प्रकाश घिमिरे तथा खगेन्द्र स्वयं मुख्य भूमिकामा छन् ।