काठमाडौँ, २ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् ।
नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रीलाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको हो । गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी सावित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आईलिग खेल्ने छिन ।