काठमाडौँ, १० असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुनसहित १ जना पक्राउ परेका छन ।
आज सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरन्जन कुमार सिंहको साथबाट उक्त सुन बरामद भएको हो ।
भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए । विमानस्थलमा चेक गर्ने क्रममा भेटेपछि सिंहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।