ललितपुर, १० असार । ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदैछ ।
भोलि शनिवार भने खोप दिइने छैन । भोलि बाहेक १५ गतेसम्म विद्यालय वा वडामा रहेको स्वास्थ्य संस्थामा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाइने महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ । आज वडा नम्बर १, २ र ३ का बालबालिकालाई खोप दिइने छ ।
