कारागारमा एक कैदीको मृत्यु

महोत्तरी, १० असार । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का  ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव  बिहान २ बजे एक्कासी बेहोस भएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वरमा लगिएकोमा चिकित्सकले उनलाई बिहान साढे २ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक कैदी राजकरणको शरीरमा कुनै पनि घाउ चोटलगायत चिह्न सङ्केतहरु देखिएको छैन भने उनको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021