बारा, १० असार । १३ किलो गाँजासहित बाराको निजगढ नगरपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ओसारपाेसारमा प्रयोग भएको प्र ३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकलसहित मकवानपुर बकैया गाउँपालिका-३ का ३३ वर्षीय लाल काजीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।