जनकपुर आयो रामायण सर्किट जोड्ने रेल

काठमाडौँ, १० असार । आठ हजार किलोमिटरको रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ ।भारतको नयाँदिल्लीबाट मंगलबार साँझ ७ बजे छुटेको रेल बिहीबार दिउँसो १ः४५ बजे जनकपुरधाम आइपुगेको हो । धार्मिक–सांस्कृतिक प्रवद्र्धधनका लागि पाँच सय यात्रुसहित आएको रेललाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

जनकपुर रेल्वे स्टेसनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोलगायतले यात्रुको स्वागत गर्नुभयो । यस प्रकारका गतिविधिले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने मुख्यमन्त्री राउतको भनाइ थियो । नेपालको भूभागलाई रामायण सर्किटमा जोड्नुपर्ने विषयमा आफू पहिलेदेखि नै लागिरहेको जानकारी गराउँदै राउतले यसले उत्साह थपेको टिप्पणी गर्नुभयो ।

जनकपुरधाम आएका यात्रुले रामजानकी मन्दिर, गंगा सागरमा हुने गंगा आरती अवलोकनलगायत विभिन्न ठाउँ घुमफिर गर्ने कार्यक्रम छ । यात्रुहरू आज जनकपुरधामबाट सीतामढी प्रस्थान गर्नेछन् ।रामायण सर्किटको आठ हजार किलोमिटर लामो यात्रा गर्न १८ दिनको समय निर्धारण गरिएको छ । यसमा जनकपुरधाम र अयोध्यालाई महत्वका साथ लिइएको छ । यात्रुहरू सीतामढी, वाराणसी, नासिक, रामेश्वरमको भ्रमण गरेर फेरि दिल्ली फर्किनेछन् ।

दिल्लीबाट छुटेको रेल अयोध्यामा रोकिएको थियो । त्यहाँ राम जन्मभूमि मन्दिर, हनुमान मन्दिर, भरत मन्दिर, नन्दीग्रामलगायतको भ्रमण गराइएको यात्रुहरूले जानकारी गराएका छन् । उनीहरूले रेल विहारको बक्सरमा रोकिएको र त्यहाँ विश्वामित्र ऋषिको विश्रामस्थल, गंगाको रामरेखा घाटको भ्रमण भएको बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021