इतिहास रच्दै चार महिला डीआइजी बन्दै

काठमाडौँ, १० असार । नेपाल प्रहरीमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा १७ एसएसपी बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले बुधबार राति १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । हालका आईजीपी धिरजप्रताप सिंहले २०७९ चैतमा अवकाश पाएपछि अहिले बढुवामा परेकै ब्याचबाट एआईजी बन्ने प्रहरी अधिकारी आईजीपी बन्ने छन् ।

डीआईजी बढुवाका लागि सिफारिसमा पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर पहिलो र दोस्रो नम्बरमा प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई छन् । राई एसएसपी हुँदा पनि सोही वरियतामा थिए । यसैगरी, तेस्रो नम्बरमा अशोक सिंह, चौथौ नम्बरमा दीपक थापा, पाँचौंमा श्यामलाल ज्ञवाली, छैटौंमा किरण बज्राचार्य, सातौंमा सन्दिप भण्डारी, आठौंमा सुदिप गिरी बढुवा सिफारिसमा परेका छन् । गिरी हाल काठमाडौं प्रहरी प्रमुख छन् ।

गृह मन्त्रालय बढुवा सिफारिस समितिको सिफारिसअनुसार नवौं नम्बरमा मिरा चौधरी, दसौंमा टेकबहादुर तामाङ, एघारौंमा उमेशराज जोशी छन् । जोशी उपत्यका ट्राफिक प्रहरी प्रमुख छन् । त्यस्तै, १२औं नम्बरमा भिमप्रसाद ढकाल, १३औंमा रामदत्त जोशी, १४औंमा पोषराज पोखरेल, १५औंमा बुद्धिराज गुरुङ, १६औंमा दुर्गा सिंह र १७औंमा किरण राणा बढुवा सिफारिसमा परेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021