‘राष्ट्रिय सदाचार नीति’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै ‘गायब’

काठमाडौँ, १० असार । शेरबहादुर देउवा पाचौं पटक मुलुकको प्रधानमन्त्री छन् । उनी प्रधानमन्त्री भएको एक वर्ष पुग्दै छ तर अघिल्लो पटक २०७४ सालमा प्रधानमन्त्री हु“दा ल्याउने भनेर निर्णय गरिएको ‘सदाचार नीति’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै ‘गायब’ छ ।

चौथोपटक सिंहदरबार ‘इनिङ’ गर्दैगर्दा प्रधानमन्त्री देउवाले पहिलो निर्णयका रूपमा ‘राष्ट्रिय सदाचार नीति’ ल्याउने फाइलमा हस्ताक्षर गरेका थिए । तर, उनले मुलुकमा सुशासन कायम गर्ने लक्ष्यसाथ ल्याउने भनिएको ‘सदाचार नीति’ अवरुद्ध छ ।

प्रधानमन्त्री देउवाले खासै चासो दिन नसक्दा सो नीतिलाई अन्तिम रुप दिने प्रक्रिया रोकिएको थियो । उनले चौथो पटक २४ जेठ २०७४ मा प्रधानमन्त्रीको पदभार ग्रहण गर्दैगर्दा सो ‘नीति ल्याउने’ भन्दै पहिलो निर्णय गरे । तर, त्यतिबेला उनले कार्यान्वयन गराउन सकेनन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वासिङ्टन डिसी, ६ बैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका

काठमाडौँ, ६ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२

काठमाडौँ, ६ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस