कला–संस्कृतिलाई विश्वभर चिनाउन एनआरएनएलाई मेयर शाहको आग्रह

काठमाडौँ, ९ असार । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गरेका छन् ।

एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौँलाई संसाभर चिनाउन आग्रह गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका सकारात्मक रहेको बताए ।

नगरप्रमुख शाहले एनआरएनएको योजना कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिका लाग्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएका अध्यक्ष कुल आचार्यले एनआरएनए काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माणलगायत सहकार्य गर्न तयार रहेको बताए । 

अध्यक्ष आचार्यले एनआरएनले काठमाडौँ महानगरपालिकाको टिमसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गरे । भेटमा एनआरएनए युरोपका संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आइसिसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक  रमेश काफ्लेलगायतको सहभागिता रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि १७ वटा निवेदन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले

काठमाडौँ, ३ भदौ । दक्षिण कोरिया पठाइदिन्छु भन्दै नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ

चितवन, ३ भदौ । जिल्लाको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

तनहुँ, ३ भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ भने आमा घाइते

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021