इन्धनको कर घटाउने विषयमा सरकारको ध्यानाकर्षण भएको छ: मन्त्री बडू

काठमाडौँ, ९ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसालद बडूले इन्धनको कर घटाउने विषयमा सरकारको ध्यानाकर्षण भएको बताउनुभएको छ ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्नुभयो । उनले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताउनुभयो । करका दरहरुमा समायोजन गरेर भएपनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताउनुभयो । मन्त्री बडूले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दावीसमेत गर्नुभयो ।

मन्त्री बडूले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । यसको समायोजनका लागि संसदमा जुन कुराहरु आएको छ । ट्याक्स समायोजन गरेर भएपनि घटाउनेतर्फ संसदमा जुन कुराहरु रहेको छ । त्यसको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको छ । अर्को विकल्प भनेको विद्युतको खपत बढाउने हो । त्यो कामलाई सरकारले प्राथमिकता दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021