बालिकालाई भारत लैजान खोज्ने दुईजना पक्राउ

विराटनगर, ९ असार । विराटनगर महानगरपालिका वडा नं.–१५ भन्सार कार्यालयको २ नम्बर ढाट सीमाक्षेत्रबाट झापा बिर्तामोड नगरपालिका बस्ने वर्ष १३ की बालिकालाई भारततर्फ लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नाबालिकालाई ललाईफकाई भारततर्फ बेचबिखनको उद्देश्यले लाँदै गरेको अवस्थामा भारतको मजतपुर घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा न.–५ मूर्तिचोकमा डेरा गरी बस्ने वर्ष २३ को हिराकुमार सहनी र बारा जिल्लाको कोल्वी नगरपालिका वडा नं.–४ सपही बस्ने वर्ष १९ की शिरिषा सिंह महथालाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई मोरङ जिल्ला अदालतबाट मानब वेचबिखन तथा ओसारपसार मुद्दामा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको

काठमाडौँ, ३ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021