संघीय निजामती सेवा ऐनमा बेवास्ता : मन्त्रीकै जालझेलले रोकियो

काठमाडौँ, ९ असार । मुलुकको कर्मचारी प्रशासन हाक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउने विषयमा सरकारले चरम बेवास्ता गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ र अन्य केही मन्त्रीको जालझेलका कारण संघीय निजामती सेवा ऐन आउने बाटो अवरुद्ध भएको हो ।

सरकारले चालू प्रतिनिधिसभाको अधिवेशन अन्त गर्ने तयारी गरेकाले यसपटक पनि संघीय निजामती सेवा ऐन संसद्बाट नआउने निश्चित भएको छ । तर, संसद सकिएलगत्तै अध्यादेशको चोरबाटो प्रयोग गरेर सो कानुन ल्याउने तयारी गरिएको मन्त्रालय स्रोतको दाबी छ । देशको मुख्य प्रशासन हाक्ने दूरगामी महत्वको ऐन अध्यादेशबाट ल्याउन नहुने सुझाव प्रशासनविद्ले दिँदै आएका छन् । प्रतिनिधिसभामा झन्डै साढे दुई वर्षदेखि रहँदै आएको संघीय निजामती सेवा विधेयक केही समयअघि सरकारले फिर्ता लिएको थियो । विधेयक फिर्ता लिएर नयाँ रूपमा पुनः संसद्मा जाने आशा गरिए पनि सरकारको चरम बेवास्ताका कारण सो विधेयक यसपटक संसदमा जान सकेन ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री श्रेष्ठको मुख्य विजनेश नै संघीय निजामती सेवा ऐन ल्याउनुरहेको छ । तर, उनी आफ्नो बिजनेसमा असफल देखिएका छन् । सो विधेयक फिर्ता गरिएसँगै स्थायी सरकार सञ्चालन गर्ने महत्वपूर्ण कानुन ल्याउने विषयमा सरकार पूर्णरूपमा गैरजिम्मेवार देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021