लागुऔषधसहित तीनजना पक्राउ

काठमाडौँ, ८ असार । पर्सा र नवलपरासी (पूर्व)बाट अवैध लागुऔषध सहित तीनजना पक्राउ परेका छन् । पर्सा, पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलबाट ४ किलो ५०० ग्राम अवैध लागुऔषध गाँजासहित सोही ठाउँ बस्ने ६८ वर्षीय रामेश्वर पन्जियारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रामेश्वरको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका–३ सहिद स्मृति स्कुल नजिकबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ८८ ट्याब्लेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कावासोती नगरपालिका–३ बस्ने १८ वर्षीय किशोर र नुवाकोट विदुर नगरपालिका–४ बस्ने २० वर्षीय सुनिल भुजेल रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको

काठमाडौँ, ३ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021